पञ्चायत चुनाउमा सरकारी कर्मचारीहरूको सुरक्षाको निम्ति कोर्ट जाने तयारीमा संगठन

00-1-Rajya-Samachar-2

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउमा ड्यूटी गर्ने सरकारी कर्मचारीहरू आतङ्कित छन्। दक्षिण २४ परगनामा बीडीओ कार्यालयमा काम गर्ने सरकारी कर्मचारीसॅंग भएको कुटपिटपछि कर्मचारीहरू डराएका छन्। कर्मचारी संगठनको संयुक्त संगठन संग्रामी संयुक्त मन्च यस मुद्दामा हाई कोर्ट जाने तयारीमा छ।

आज मुख्य न्यायाधीख टीएस शिवगणनमको पीठमा याचिका दर्ता गरिने छ। यस मन्चको ब्यानरमा अधिकांश ती सरकारी कर्मचारीहरू छन् जसले लगातार डीएको मागमा आन्दोलन गरिरहेका छन्। उनीहरूले यस अघि पनि कलकत्ता हाई कोर्टमा चुनाउमा सुरक्षाको निम्ति केन्द्रिय बलहरू तैनात गर्नुपर्ने माग गरेका छन्। अब दक्षिण २४ परगनामा सरकारी कर्मचारीमाथि भएको हमलालाई आधार बनाएर एकपल्ट फेरि आफ्नो माग दोहोऱ्याएको छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement