शुभेन्दु अधिकारीले उठाए राज्यपालमाथि प्रश्न

ssuvendu_898

कोलकाताः भाजपाका वरिष्ठ विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले फेरि मुख्य चुनाउ अधिकारीको रूपमा राजीव सिन्हाको नियुक्तिलाई लिएर राज्यपाल डा. सीवी आनन्द बोसमाथि प्रश्न तेर्साएका छन्। अर्कोतिर, बंगालमा पञ्चायत चुनाउ कार्यक्रमको घोषणापछि हिंसाको राजनीतिक पारा चढ्न थालेको छ।

दक्षिण २४ परगनाको भांगड बीडीओ कार्यालयमा काम गर्ने सरकारी कर्मचारीको नाक फुटाइदिएको आरोप तृणमूल कांग्रेस कार्यकर्ताहरूमाथि लागेको छ। उक्त कर्मचारीले आईएसएफ उम्मेदवारलाई नामाङ्कनको फारम दियो भनेर कुटपिट गरेको आरोप छ। यस विषयलाई लिएर राज्यभरि मुख्य चुनाउ अधिकारीको आलोचना भइरहेको छ।

यसलाई आधार बनाएर शुभेन्दु अधिकारीले राज्यका मुख्य चुनाउ अधिकारीको रूपमा राजीव सिन्हाको नियुक्ति गरेर राज्यपालले सही काम नगरेको बताएका छन्। हिंसालाई लिएर राज्यपालले धेरै कुरा गरिरहेको तर वास्तवमा राज्यपालको कुरा न त राजीव सिन्हाले मान्नेछन्, न नै प्रशासनले सुन्नेछ भनी उनले बताएका छन्।

-हिस

About Author

Advertisement