तृणमूललाई पराजित गर्न पहाड़मा विरोधी पार्टीहरू एक भए

IMG-20230611-WA0324.jpg

कोलकाताः राज्यमा हुन लागेको पंचायत चुनाउमा सत्तारूढ़ पार्टी तृणमूललाई पराजित गर्नका लागि उत्तर बंगालको पहाड़ी क्षेत्रका धुर विरोधी पार्टीहरूले हात मिलाएका छन्। अहिलेसम्म एक अर्काको धूर विरोधी रहेका गोर्खा नेशनल लिबरेशन फ्रन्ट (जीएनएलएफ) र गोर्खा जनमुक्ति मोर्चा एवं हाम्रो पार्टीले तृणमूल विरूद्ध एकजुट भएर चुनाउ लड्ने घोषणा गरेका छन्।

बिमल गुरूङको गोर्ख जनमुक्ति मोर्चा, मोहन घीसिङको जीएनएलएफ, अजय एडवर्डको हाम्रो पार्टी राज्यको सत्तारूढ़ तृणमूल र जीटीएको सत्तारूढ़ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई पराजित गर्न एकसाथ आएका छन्। तृणमूल र सहयोगी पार्टीहरू विरूद्ध यस महागठबन्धनमा भाजपा पनि सामेल छ। गत विधानसभा चुनाउअघि बिमल गुरूङले सार्वजनिक रूपमा तृणमूललाई समर्थन दिने घोषणा गरेका थिए। तर अब उनी भाजपाको खेमामा पुनः फर्केका छन्। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङले भने, पंचायतमा धेरै भ्रष्टाचार छ। यसैले मैले महागठबन्धन बनाएको हुँ। तृणमूललाई पराजित गर्नु धेरै जरूरी छ।

भाजपाको पहलमा दार्जीलिङको जिमखाना क्लबमा भएको बैठकमा धेरै मुद्दाहरूमा निर्णय लिइयो, जस्तै दुई स्तरीय पंचायतमा सबैभन्दा धेरै शक्तिशाली पार्टीले आफ्नो प्रत्याशी उतार्नेछ, जहाँ कुनैपनि दल बलियो छैन, त्यहाँ सामाजिक कार्यहरूसित जुड़ेका मानिसहरूलाई मनोनीत गरिनेछ। नयाँ चुनाउ चिह्नको लागि आवेदन गरिनेछ, जसमा महागठबन्धनको उम्मेदवारले चुनाउ लड्नेछ। यद्यपि, भाजपा प्रत्याशीले पार्टीकै चुनाउ चिह्नमा चुनाउ लड्नेछ।

दार्जीलिङका भाजपा सांसद राजू बिष्टले भने, कति सीटमा चुनाउ लड़िन्छ, म यो हेर्नेछुइन। हामीले त्यस व्यक्तिको समर्थन गर्ने फसेला गरेका छौं, जो सबैभन्दा उत्तम उम्मेदवार हुनेछ। म ती गैर-राजनीतिक हस्तिहरूलाई नामांकित गर्ने व्यापक प्रय़ास गर्नेछु, जो गाउँहरूमा छन् र मानिसहरूको निम्ति काम गर्छन्।

About Author

Advertisement