हात्तीको उत्पातबाट हैरान भाटपाड़ा बासिन्दा साथै चियाबारी प्रबन्धनपक्ष

IMG-20220625-WA0149.jpg

कालचिनी। लगातार जङ्गली हात्तीको उत्पातले भाटपाड़ा चियाबारीको प्रबन्धनपक्ष साथै बासिन्दाहरू हैरान बनेका छन्। प्रत्येक राती बक्सा जङ्गलबाट कहिले झुण्डमा त कहिले एक्ले हात्तीले कमानको धेरै सम्पत्ति क्षति गरिरहेको भाटपाड़ा चियाबारीको प्रबन्धनपक्षले जनाएका छन्। श्रमिक आवास र कमानको नर्सरी क्षति हात्तीलो गरेको सन्दर्भमा कमान प्रबन्धनपक्षले बन विभाग र कालचिनी ब्लक प्रशासन समक्ष पनि ज्ञापन सुम्पिएको तर कतैबाट पनि केही जवाफ नपाएको कमान प्रबन्धनपक्षले जनाएका छन्। अर्कोतिर शुक्रबार राती एक्ले हात्तीले भाटपाड़ा ए अच्छापाड़ा चियाबारीको नीचे लाईनमा पसेर एकजना श्रमिक फिलिप उराउँको घर क्षति गरेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। उपरोक्त सम्बन्धमा पाना रेञ्जले सरकारी नियमअनुसार आवेदन जमा भए क्षतिपूर्ति दिइने जनाएका छन्।

About Author

Advertisement