कालचिनी। तोर्षा नदीको उफानले गर्दा जयगाउँ छोटा मेचे बस्ती क्षेत्रको कतिपय गाउँलेहरू अहिले घरबारहिन भएर बस्न परेकोले आज सहयोग फाउन्डेशनको पक्षबाट छोटा मेचे बस्ती क्षेत्रको प्रायः १५ आवश्यक परिवारलाई रासन सामग्री प्रदान गरिएको जानकारी सहयोग फाउन्डेशनको सभापति पवन योल्मो र सचिव मनिष कुजूरले दिएका छन्।
आज उक्त आवश्यकमन्द परिवारलाई केही राहत दिन पुगेको सहयोग फाउन्डेशनको टीमलाई पञ्चायत सदस्य नानु लामाले स्वागत जनाएको थियो भने भविष्यमा आवश्यक परे अझै धेरै सहयोग गर्ने पवन योल्मोले जनाएका छन्।











