मुख्यमन्त्रीले ‘थुप्टेन सर’ लाई श्रद्धाञ्जली दिए

tr_954

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका एक प्रतिष्ठित खेलकुद व्यक्तित्व थुप्टेन रापग्यालको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङले बिहिवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत स्व. रापग्याललाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘थुप्टेन सर’ को नामले चिनिने स्व. रापग्यालले एक खेलाड़ी र कोचको रूपमा सिक्किमका धेरै आकांक्षी फुटबल खेलाड़ीहरूलाई प्रशिक्षित, मार्गदर्शन एवं प्रेरित गरेको बताएका छन्।

मुख्यमन्त्रीले दिवंगत रापग्यालको आत्माले चीर शान्ति प्राप्त गरुन् भनी प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

-हिस

About Author

Advertisement