पाकिमः पाकिम जिल्लाका जिल्लापालको निर्देशमा एसडीएम, मुख्यालय थेन्डुप लेप्चा र डीपीओ विवेक शर्माले आज दिउॅंसो ऑंधी-बेहरीले पुऱ्याएको क्षतिको बारेमा जानकारी लिएका छन्। यस निरीक्षण कार्यमा वन विभागका प्रतिनिधिहरू र एनडीआरएफ टीम पनि सामेल थिए।
आज दिउॅंसो आएको ऑंधी-बेहरीले पाकिमका विभिन्न ठाउॅंहरूमा निकै क्षति पुऱ्याएको छ। धेरै ठाउॅंहरूमा रूखहरू लड़ेका छन्, पानी र बत्तीका लाइनहरू चुडिएका छन् र सडक मार्गहरूमा अवरोध उत्पन्न भएका छन्। एनडीआरएफ र एनएचआईडीसीएलले तत्काल सडक मार्गहरू सफा गरेर यातायात सुचारू गर्न पहल गरेको थियो।

यसैगरी, उर्जा अनि पीएचई विभागलाई पनि मरम्मति कार्य अविलम्ब शुरू गर्न निर्देश दिइएको छ। वन विभागलाई पनि जोखिमपूर्ण रूखहरू काट्न लगाइएको छ।









