डेढ दशक पछि पहाड हुँदैछ पञ्चायत चुनाव
कोलकाता: पश्चिम बङ्गालमा पञ्चायत चुनाव ८ जुलाईमा हुने घोषणा भएको छ। पश्चिम बङ्गालका चुनाव आयुक्त राजीव सिन्हाले यस बारेमा यो जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा उनले नमुना आचारसंहिता लागू हुने बताएका छन्। दार्जीलिङ र कालेबुङमा दुई स्तरीय र अन्य सबै ठाउँमा तीन स्तरीय तहका पञ्चायत हुनेछन्। राज्यमा एकै पटक पञ्चायतको चुनाव हुने भएको छ। दार्जीलिङ पहाडी भेकमा सन् २००० सालमा पञ्चायत चुनाव भएको थियो। सन् १९८८ मा दागोपाप गठन भएपछि पहाडमा सन् १९९५ र सन् २००० मा एक स्तरीय पञ्चायत चुनाव भएको थियो।









