महानदीमा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास सम्पन्न

IMG-20230608-WA0307.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीमा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। महानदी बजारको शिव मन्दिर नजिक बनिन लागेको सार्वजनिक भवन खरसाङको सिँञ्चाई विभागबाट निर्माण गरिने भएको छ। उक्त सार्वजनिक भवनको निर्माणको लागि लागि आज पूजा अर्चना गरी शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्तिको सभापति निरा प्रधान, सुधा सेवा, युवा शक्तिको समष्टि सभापति केवल राई र सचिव सञ्जीव मंगर लगायत सिँञ्चाई विभागका एसई अविनाश शर्मा पनि उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्य महानदी बुथबाट तारानाथ शर्मा र अन्यको बाहुलीबाट गरिएको छ। उक्त सार्वजनिक भवनको निर्माण 3 लाख 83 हजार ८ सय तिरानब्बे रुपियाँको लागतमा गरिने जानकारी प्राप्त भएको छ।

यस सार्वजनिक भवनको शिलान्यास कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै ग्राम सुधार समिति महानदीका सभापति तारानाथ शर्माले धेरै लामो समयदेखि सार्वजनिक भवन निर्माणको लागि पहल गरिरहेको र आज आएर ये पूरा भएको अनि आज हामीले सार्वजनिक भवन निर्माणको लागि भूमि पूजा कार्य गरिएको बताएका छन्। उनले यस सार्वजनिक भवनको लागि क्षेत्रीय सभासद नवराज छेत्री, जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्। उनले यसरी नै महानदीको लागि सदैव साथ दिएर विकासको कार्यहरू भएको होस् भनी बताएका छन्।

About Author

Advertisement