नयाँ दिल्ली: केन्द्र सरकारले उत्पादकहरूलाई उनीहरूको उत्पादको लाभकारी मूल्य सुनिश्चित गर्ने तथा फसलहरूको विविधीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले विपणन सीजन- २०२३-२४ को लागि खरीफ फसलहरूको एमएसपीमा वृद्धि गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलाहरूको मन्त्रीमण्डलीय समिति (सीसीईए)-ले विपणन सीजन २०२३-२४ को लागि सबै अनिवार्य खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी)-मा वृद्धिलाई मञ्जुरी दिएको छ। सामान्य धानको मूल्यलाई २०४० देखि बढ़ाएर २१८३ रुपियाँ, उच्च गुणस्तरीय धानको मूल्य २०६० देखि २२०३ रुपियाँ, ज्वार हाइब्रिड २९७० देखि ३१८०, ज्वार-मालदण्डी २९९० देखि ३२२५, बाजरा २३५० देखि २५००, रागी ३५७८ देखि ३८४६, मक्का १९६२ देखि बढ़ाएर २०९०, अरहर ६६००देखि ७०००, मुंग ७७५५ देखि ८५५८, उड़द ६६०० देखि ६९५०, बदम (मुंगफली) ५८५० देखि ६३७७, सूर्यमुखीको बीज ६४०० देखि बढ़ाएर ६७६०, सोयाबीन ४३०० देखि बढ़ाएर ४६००, तिल ७८३० देखि ८६३५, नाइजरसीड ७२८७ देखि ७७३४, कपास (मध्यम स्टेपल) ६०८० देखि ६६२०, कपास (लामो स्टेपल) ६३८० देखि ७०२० गरिएको छ।
मन्त्रीमण्डलका फसेलाहरू बारे जानकारी दिँदै केन्द्रिय मन्त्री पीयूष गोयलले भने, हालका वर्षहरूमा सरकारले फसलहरूको लागि उच्च एमएसपीको प्रस्ताव राखेर दाल तिलहन तथा पोषक वा श्रीअन्न जस्ता अन्नहरू बाहेक अन्य फसलहरूको खेतीलाई प्रेरित गरिरहेको छ। यस अतिरिक्त सरकारले कृषकहरूलाई आफ्नो फसलमा विविधता ल्याउनको लागि प्रोत्साहित गर्न राष्ट्रीय कृषि विकास योजना (आरकेवीवाई), राष्ट्रीय खाद्य सुरक्षा मिशन (एनएफएसएम) जस्ता विभिन्न योजना एवं पहलहरू आरम्भ गरेको छ।