निय़ुक्ति भ्रष्टाचारको क्रममा राज्यका धेरै नगर पालिकाहरूमा सीबीआईको छापामारी

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः राज्यका विभिन्न नगरपालिकाहरूको नियुक्तिमा भएको धांधली मामिलामा केन्द्रिय़ अन्वेषण ब्यूरो (सीबीआई) ले बुधवार राज्यका धेरै नगरपालिकामा छापामारी गरेको छ। सर्वप्रथम सीबीआईको एक टीम सल्टलेक बजार र शहरी विकास विभागमा पुग्यो। त्यसपछि हालीशहर, टीटागढ़, न्यूबैरकपुर, शान्तिपुर, दक्षिण दमदम नगर पालिकामा ईडी अधिकारीहरूले छापामारी गरेका छन्। शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा पक्रा परेका अयन शील र शान्तनुको फ्लयाटबाट यी सबै नगर पालिकाहरूमा नियुक्तिसित सम्बन्धित दस्तावेज भेटिएको थियो।

सूत्रहरू अनुसार, बिहान लगभग ११ बजी सीबीआईको टीम चुन्चुड़ाको जग्गूदासपाड़ा स्थित अयनको फ्ल्याटमा पनि छापामारी गऱ्यो। राज्यको नगर पालिका र शहरी विकास विभागका मन्त्री फिरहाद हकीमले भने, सबैकुरा राजनीतिले प्रेरित छ। नगर पालिकाहरूको नियुक्तिमा धांधलीको जाँच राज्य सरकारले पनि गरिरहेछ।

-हिस

About Author

Advertisement