गान्तोक: मंगन जिल्ला अस्पतालमा विश्व खाद्य सुरक्षा दिवस पालन गरियो। यस अवसरमा फुड स्टेन्डर्ड सेभ लिभर अन्तर्गत खाद्य मेला एवम प्रदर्शनीको पनि आयोजना गरिएको थियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री रहेका थिए भने उनले आँगनवाडी र आशाकर्मीहरूसँग अन्तक्रिया पनि गरे। वर्ष २०२३ लाई अन्तराष्ट्रीय कोदो दिवसकोरूपमा पालन गरिरहेको छ भने यसै कुरालाई ध्यानमा राख्दै कोदोद्वारा बनाइएको खाद्य पदार्थ बिक्री साथै प्रदर्शनीको निम्ति राखिएको थियो। उक्त कार्यक्रम अन्तर्गत आँगनवाडी र आशाकर्मीहरूले चारवटा खाद्य स्टाल लगाएका थिए जसमा कोदोको खाद्य बिक्री साथै प्रदर्शनीको निम्ति राखिएको थियो। सो कार्यक्रममा मंगन कन्या उच्चत्तर माध्यमिक विद्यालय, एकल्बय मोडल रेसीडेन्सी र नर्थ सिक्किम एकादमीका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।










