लायन्स क्लबले उठायो पहल, जग्गा हस्तान्तरण
सिलगढी: सिलगढीमा लायन्स क्लब अफ सिलगढी युनाइटेड ग्रेटरद्वारा वृद्धाश्रम निर्माण भइरहेको छ। सिलगढीको नयाँ जलपाईगुडी थाना अन्तर्गत फुलबारी क्षेत्रमा बनाइने यो वृद्धाश्रमका लागि जग्गा मालिकले लायन्स क्लबलाई जग्गा हस्तान्तरण गरेका छन्। बुधबार जग्गाधनीले संस्थाका सदस्यलाई जग्गाको कागजपत्र बुझाएका हुन्। वृद्धाश्रम निर्माणका लागि आज ६ कठ्ठाभन्दा बढी जग्गा संस्थाका सदस्यहरुलाई हस्तान्तरण गरिएको छ।अब छिट्टै यहाँ वृद्धाश्रम निर्माणको काम सुरु हुनेछ।

यहाँ अत्याधुनिक सुविधासहितको वृद्धाश्रम निर्माण गरिने संस्थाका सदस्यहरुले जानकारी दिए। घर नभएका वा कुनै कारणले सडकमा हिँडिरहेका ज्येष्ठ नागरिकलाई यहाँ राखिनेछ । उनीहरुलाई सबै सुविधा उपलब्ध गराइनेछ।










