कोलकाताः पश्चिम बंगालमा शिक्षक नियुक्ति र नगर पालिकाहरूको नियुक्तिमा धांधलीपछि अब पञ्चायतहरूको नियुक्तिमा पनि धांधली उजागर भएको छ। केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) सूत्रहरू अनुसार, पञ्चायतहरूको नियुक्तिमा धेरै साक्ष्यहरू अघि आएको छ, जसमा ठूलो राशिको लेनदेन भएको संकेत पाइएको छ।
ईडी सूत्रहरू अनुसार, हुगली जिल्ला प्रशासनबाट गत दश वर्षमा पञ्चायतहरूमा भएको नियुक्ति सम्बन्धी साक्ष्यहरू मागिएको छ। शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा हुगलीबाट पक्राउ गरिएको अयन शील एवं शान्तनु ब्यानर्जीसित भएको सोधपुछमा यसबारे जानकारी पाइएको छ। यी दुई न केवल नगरपालिका र शिक्षक नियुक्ति तर पञ्चायत नियुक्तिमा पनि सामेल थिए। २०१४ देखि लिएर आजसम्म पञ्चायतहरूमा जतिपनि नियुक्ति भएको छ, ईडीले यसको पूरा सूची मागेको छ।
पञ्चायत मन्त्री प्रदीप मजूमदारले बुधवार यसबारे भने, ईडीले जिल्ला प्रशासनबाट केही तथ्य मागेको छ। निश्चित रूपमा त्यसको जवाफ दिइनेछ। यदि कसैले दस्तावेज माग्छ भने यसको अर्थ अपराध भएको छ भन्ने होइन। अहिले जाँच हुन दिनुहोस्, चीजहरू बिस्तारे उजागर हुनेछ।










