मेडिकल अफिसर डा. मन‍ोज गिरीलाई सम्मानसहित बिदाई

IMG-20230607-WA0321.jpg

खरसाङ: खरसाङ नगरपालिका अधीनस्थ स्वस्थ्य अनि परिवार कल्याण विभागकाे तर्फबाट मेडिकल अफिसर डा मन‍ोज गिरीलाई सम्मानसहित बिदाई दिइएको छ। डा. मनोज गिरीले आफ्नो निजि समस्याले गर्दा मेडिकल अफिसरकाे पदबाट राजिनामा दिएका थिए। त्यसैले उनलाई सबै स्वास्थ्यकर्मीहरु, आशा कर्मीहरु, आँगनवाडीको चारैवटा सेन्टरको सुपर भाईजरहरु, आँगनवाडी सहायिका र कर्मीहरूकाे उपस्थितिमा विदाई कार्यक्रमकाे आयोजना गरिएको छ। उक्त कार्यक्रम सेन्टर नम्बर चार चानबारी खेल मैदान छेउमा सम्पन्न गरिएको थियोे।
कार्यक्रममा जीटीएको स्वस्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको विशेष उपस्थिति रहेको थियोे।

कार्यक्रमकाे सञ्चालन सेन्टर चारकाे सुपरभाइजर शर्मिला गुरुङ प्रधानले गरेका थिए।सभासद् श्याम शेर्पाले आफ्नो वक्तव्यमा बताए कि २००७ मा खरसाङ़् नगरपालिकाकाे स्वास्थ्य अनि परिवार कल्याण विभागमा मेडिकल अफिसरकाे रुपमा कार्यभार जिम्मेवारी लिएको डा. मनोज गिरीले आफ्नो जिम्मेवारी निष्ठापूर्ण निभाउनु भएको साथै पहाडी रैथाने भएकोले भाषाकाे समस्या पनि नभएकोले रोगीहरुले दिएको विवरण राम्रोसित बुझ्न सक्थे भनी बताएका छन्। उनले भने, ‘कोविडकाे मारामारीमा पनि डा गिरीले धेरै योगदान दिनु भएको थियोे। उनी सरल, मृदुभाषी, मिलनसार भएकोले काम गर्नु एकदमै सहज हुन्थ्यो।
त्यसरी नै डा. गिरीले आफ्नो वक्तव्यमा भने, सबैले दिएको सम्मान र माया सदैव याद रहनेछ। आफु नगरपालिकामा कार्यरत नरहेपनि आफूले सक्ने कार्य सदैव गर्ने वचन पनि दिएकी छन्। उनलाई विदाई समाहरोमा सबैले खर्दा लगाएर उपहार प्रदान गरेका थिए भने उनकाे बाहुलीबाट केक काटेर सबैलाई वितरण गरिएको थियो भनी प्रचार प्रसार सदस्य दिपम थामीले जानकारी गराएका छन्।

About Author

Advertisement