बुन्देसलीगाः रोमाञ्चक जीतको साथ लगातार ११औं पल्ट च्याम्पियन बन्यो बायर्न म्यूनिख

IMG-20230528-WA0126.jpg

२८ मईः बायर्न म्यूनिखले रोमाञ्चक रेसमा निकटतम प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई गोल अन्तरको आधारमा पछि छोड़ेर लगातार ११औं पल्ट जर्मनीको शीर्ष घरेलु फूटबल प्रतियोगिता बुन्देसलीगाको खिताब जित्यो। बुन्देसलीगा सीजनको अन्तिम म्याचमा शनिवार बायर्न म्यूनिखले कोलोन विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गर्नको साथै बोरुसिया डर्टमण्डको खिताब जित्ने सपना भताभुंगै भयो।

च्याम्पियन बन्नको निम्ति जित्नै पर्ने यस म्याचमा बायर्नबाट किंग्स्ले कोमानले आठौं र जामाल मुसिआलाले ८९औं मिनटमा गोल गरे। यसरी कोलोनबाट डेजान लुबिसिचले ८१औं मिनटमा पेनल्टीबाट गोल गरे। म्याच लगभग अन्तसम्म १-१-को बराबरीमा रहेको थियो तर अन्तिम क्षणमा मुसिआलाको गोलले बायर्नलाई च्याम्पियन बनायो। बुन्देसलीगा टेबलमा बायर्न म्यूनिख र बोरुसिया डर्टमण्डको ३४-३४ वटा म्याचपछि ७१-७१ पोइण्ट्स भयो तर गोल अन्तरको आधारमा थोमस टुचेलको टीम च्याम्पियन बन्यो।

आफ्नो अन्तिम लीग म्याचमा बोरुसिया डर्टमण्डले चाहिँ मेञ्ज विरुद्ध २-२-ले ड्र खेल्यो। बुन्देसलीगाको यस सीजनमा आरबी लिपजिग ६६ पोइण्ट्सको साथ तेस्रो अनि यूनियन बर्लिन ६२ पोइण्ट्सको साथ चौथो स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement