भलिबलः सी. नाइट्स र दार्जीलिङ युनाइटेड ए टीम विजयी

IMG-20230528-WA0129.jpg

२८ मईः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगिता शनिवारदेखि शुरु भयो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। पहिलो म्याचमा सी. नाइट्सले आरकेकेएस टीमलाई तीन सेटमा सजिलै पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा पनि दार्जीलिङ युनाइटेड ए टीमले थर्ड माइललाई तीन सेटमा पराजित गऱ्यो।

यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement