गान्तोक। तीन दिवसीय सिक्किम भ्रमणको निम्ति हिजो सिक्किम आइपुगेका केन्द्रीय मन्त्री अश्विनी कुमार चौबेले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा भएको भेटको क्रममा सिक्किम राज्यले पर्यावरण,वन अनि जलवायुमाथि गर्दै आइरहेको कामको सराहना गरे। राज्य सरकारले पर्यावरण संरक्षण हेतु अहिलेसम्म गरेको कार्यको उनले प्रशंसा गर्दै केन्द्र सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए।