खरसाङ: म तपाईंहरूकै गाउँको छोरा हुँ। हाम्रो आफ्नै नाता छ। म नेता भएर होइन सेवक भएर जनताको काम गर्न चाहन्छु भनी आज खरसाङमा चुनावी सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव खरसाङ गिध्द पहाड़ समष्टिको प्रार्थी अनित थापाले बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको उपस्थितिमा २९ नम्बर खरसाङ गिद्ध पहाड समष्टिभित्र पर्ने नगरपालिका १६.१७ अनि १८ नम्बर वार्डहरुलाई लिएर चुनाव सभा सम्पन्न भयो। सभा खरसाङको नयाँ बजारस्थित टाउन हलमा आयोजित गरिएको थियो।
उक्त चुनावी सभालाई अनित थापाले सम्बोधन गर्दै म तपाईंहरूकै गाउँको छोरा हुँ। हाम्रो आफ्नै नाता छ। म नेता भएर होइन सेवक भएर जनताको काम गर्न चाहन्छु र यो भोट अनित थापालाई होइन खरसाङको विकास, युवाको रोजगारको निम्ति होस्, मलाई तपाईंको गाउँ अनि समाजको जरूरत छ, मलाई पहिला पनि तपाईहरुले सहयोग गर्नु भए कै हो। आज पनि अवश्य सहयोग गर्नु हुनेछ भनी बताएका छन्।
थापाले विपक्षको मानिसहरू पनि घरमा आउनेछन्। उहाँहरूसंग पनि डेमोक्रेटिक ढंगमा व्यवहार गर्नुहोस, भोट आउँछ अनि जान्छ तर हाम्रो सोचको परिवर्तनको अभियानमा हामी सदैव अघि बढ्नु पर्छ। राम्रो काम गर्नु गार्हो छ तर म गार्हो काम गर्नु छोड्दिन भनी बताएका छन् ।








