कालचिनी। अन्ततः प्रायः १३४ दिनको कारावासबाट पासाङ लामा आज जेलमुक्त भएका छन्। आज साँझ प्रायः ६ बजी तिनलाई अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि सबै मामिलाबाट जमानत प्राप्त भएको थियो।
आज प्रायः १३४ दिनको अन्तरालमा जेलबाट तिनी रिहा भएपछि बाहिर निस्कने बित्तिकै पत्रकारहरू समक्ष मुखामुखी हुने क्रममा पासाङ लामाले दलको र नेत्रीको निर्देशलाई पालन गरेर आफू जेल पसेको र जसको विरुद्ध आरोपहरू उठेका छन् उनीहरू विरुद्ध पनि जाँच हुन पर्छ भन्दै तिनले कालचिनी बीडीओको नाम नलिई आफ्नो विरुद्ध मिथ्या षड़यन्त्र रचेर मुख्यमन्त्री र दललाई कान भर्ने विरुद्ध पनि कड़ा जाँच हुनपर्ने दाबी गरेका छन्।
तिनले आफू यस्तो अवस्थामा हुँदा आज आफ्नै साथी भाईहरू चुपचाप बसेको सन्दर्भमा हिन्दी गीतको बोल मार्फत ऐसा भी वक्त जीवन में आता है, अच्छा खासा दोस्त भी दुश्मन बन जाता है भन्दै परिवारले र साथीहरूले उत्साह दिएको कारण नै आफू लगभग ५ महीना जेलमा बस्न सकेको बताएका छन्।










