सिलगढी: करिब १५ मिनट मात्र परेको भारी वर्षाले नयाँ बजारमा नालीको पानी बाहिर बगेर बेहाल बनायो। यसले गर्दा त्यहाँका पसलहरुको त्यहाँका पसल गोदाममा पानी पसेपछि धेरै मालसामान क्षति भएको छl यस बारे एसएमसी कमिसन र बोर्ड अध्यक्ष २ लाई जानकारी गराएको नर्थ बेंगल मर्चेन्ट एसोसिएसनका महासचिव आयुष टिब्रेवालले बताएका छन्l एसोसिएसनले यसको तत्काल समाधानको लागि अनुरोध गरेको छ।












