खरसाङ: वर्षभरि गरीब दु:खी, असहाय अनि बिमारीहरुको सेवामा लागि पर्ने दार्जिलिङको एकमात्र संस्था दार्जिलिङ सेवा संस्थाले आज आफ्नो सात वर्षको स्थापना दिवस भव्य रूपमा पालन गर्यो ।खरसाङको गोर्खा जनपुस्तकालय भवनमा डीएसएसकी निर्देशक शशि योञ्जनको सभापतित्वमा अनि मुख्य अतिथिको रूपमा दार्जिलिङका वरिष्ठ अधिवक्ता एवं डीएसएसका कानूनी सल्लाहकार अजीत गुरुङ उपस्थित रहेका थिए। त्यसरी नै बडीबिल्डिङका राष्ट्रिय निर्णायकद्वय वसन्त थापा अनि देवराज भण्डारी, गजलगो दिपक ठटाल, गोमा छेत्री हिङमाङ, सुजाता घिमिरे। आनन्द गुरुङ, कालूसिङ सुब्बा विशेष रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा राजेश खवासले स्वागत सम्बोधन राख्दै खरसाङ क्षेत्रका वरिष्ठ नागरिकहरुलाई सम्मान गर्दै उपहार प्रदान गरियो। कार्यक्रममा दार्जिलिङ सेवा संस्थालाई योगदान पुर्याउने व्यक्तिहरु उदघोषक अनिल विश्वकर्मा, संस्थाका सदस्य एवं चालक तेन्जिङ शेर्पालाई पनि सम्बर्द्धना गर्दै मुख्य अतिथि अजीत गुरुङको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा किड्नी रोगीलाई संस्थाको तर्फबाट दस हजार राशि प्रदान गरियो भने आफ्नो स्कूलको समय घरबाट खाना खान दिएको पैसालाई थुपारेर किड्नी रोगीको निम्ति सहयोग गर्ने मन्त्रणा घिमिरे, मेनुका प्रधान अनि अनामिका प्रधानलाई पनि संस्थाले सम्मान गर्दै स्मृति चिन्ह प्रदान गरेको छ।

आफ्नो सम्भाषणमा मुख्य अतिथि अजीत गुरुङले आफू आज मुख्य अतिथि भएर होइन तर डीएससकै एक सदस्य भएर स्थापना दिवसमा उपस्थित भएको भन्दै गरीब दु:खी अनि बिमारीहरुको सेवा गर्नु धेरै गाह्रो छ। कतिपय विध्न बाधा आइपर्छ। तरै पनि डीएसएसले यत्तिका वर्षसम्म सेवा गर्दै सात वर्ष पुगेकोमा सम्पूर्ण डीएसएस सदस्य-सदस्याहरुलाई बधाई एवं शुभकामना दिए। कार्यक्रममा गायक शंकर राईघाई,उदघोषक अनिल विश्वकर्म अनि सोनादाको सेरोफेरोको मुख्य सम्पादक एवं डाइरेक्टर सञ्जीव मोहोराले गीतहरु प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन अबुल ब़विश्वकर्मले गरेका थिए।











