बिजनबारी: देशको लागि शहीद भएका शहीद सिध्दान्त छेत्रीलाई आज सैनिक सम्मानको साथ अन्तिम बिदाई दिइएको छ। शहीद सिध्दान्त छेत्रीको अन्तिम संस्कार आज बिजनबारी अन्तर्गत नयाँ नोर ग्राम पञ्चायतमा पर्ने किजोम बस्तीस्थित आफ्नो पैतृक स्थानमा सैनिक सम्मानको साथमा गरिएको छ। दार्जिलिङको बिजनबारी निवासी सिद्धान्त क्षेत्री (२५) कश्मीरमा आतंकवादी हमलामा शहीद भएका थिए। जम्मू कश्मीरको राजौरी सेक्टरमा शुक्रबार भएको बम विस्फोटमा ५ सैनिकको मृत्यु भएको थियो जसमा राइफलम्यान सिध्दान्त छेत्री पनि शहीद भएका थिए। २०१९ मा सिद्धान्तले पहिले पारा कमाण्डो र पछि पारा एसकेमा सेवा गरेका थिए।

सिद्धान्त क्षेत्रीको अन्तिम संस्कार उनको जन्मभूमि बिजनबारीमा भएको थियो भने उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणको लाइन लागेको थियो। यसको साथै स्थानीयहरू विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए। देशको निम्ति शहीद बनेका पहाड़का छोरा शहीद सिध्दान्त छेत्रीलाई सबैले अन्तिम बिदाई दिएका थिए।










