मर्फीनको साथ आरोपित पक्राउ

IMG-20230324-WA0001.jpg

सिलगढ़ीः खोरीबाड़ीको भारत-नेपाल सीमामा पानीटङ्कीबाट ३९ ग्राम मर्फिनको साथ एसएसबी जवानहरूले एक व्यक्तिलाई समाए। आरोपितको पहिचान माधव चन्द्र मण्डल (५०) खोरीबाड़ी क्षेत्र निवासीको रूपमा गरिएको छ। एसएसबीले आइतवार पक्रा परेको आरोपितलाई अघिको कारबाहीको निम्ति खोरीबाड़ी थाना पुलिसलाई सुम्पेको छ।

पुलिस सूत्रहरू अनुसार, एसएसबी जवानहरूले भारत-नेपाल सीमामा पानीटङ्कीबाट ३९ ग्राम मर्फीनको साथ एक व्यक्तिलाई समाएका थिए। जसलाई आज खोरीबाड़ी थानालाई सुम्पिएको छ। पुलिसले उद्धार मर्फीन आरोपित कहाँ कताबाट आयो, यसको जाँच गरिरहेछ।

About Author

Advertisement