सेभोक-रम्फू रेललाइन २ किलोमिटरबाट शुरु गरियो  

Sevoke-ramphu-Rail

सिलगढी: सिक्किमलाई रेल सेवा उपलब्ध गराउन भारत सरकारले शुरु गरेको २ किलोमिटर लामो सेभोक-रम्फू रेललाइन परियोजनाको शनिबार पश्चिम बङ्गालको सीमाभित्र पहिलो टनेल नम्बर १ बाट शुरु गर्यो। लोहापुलस्थित ३ नम्बर टनेलबाट आईआरसीओएन कम्पनीका प्रोजेक्ट डाइरेक्टर मोहिन्दर सिंहको बाहुलीबाट रिबन काटेर विधिवत रुपमा उद्घाटन गरियो। पूरै रेल परियोजनामा ४ किलोमिटर लामो टनेलको संख्या रहेको छ। सेभोक रम्फू रेललाइन परियिजनाको ५ वर्ष पूरा भएको छ र ५ वटा टनेलको काम १५ प्रतिशतदेखि ४० प्रतिशतसम्म सम्पन्न भइसकेको मोहिन्दर सिंहले जानकारी जानकारी दिए। आउँदो १५ दिसम्बरसम्म परियोजना पूरा गर्ने लक्ष्य राखिएको छ।

About Author

Advertisement