सिङ्ताम। आज १८ जूनको दिन दिव्य ज्योति समिति, लोवर बरदाङले पहिलोचोटि मनायो आफ्नो २२औं स्थापना दिवस। गत बिहीबार गाउँमा समितिका सदस्य श्री बी. बी. राईको पत्नी जीत माया राईको निधन भएकोमा मृतात्माको चिर शान्तिको निम्ति आज कार्यक्रमअघि २ मिनटको मौन-धारण गरेपछि समितिको प्रमुख संरक्षिका तथा मुख्य अतिथि श्रीमती जयश्री छेत्रीको बाहुलीबाट केक काटेर शुभारम्भ गरिएको यस स्थापना दिवस कार्यक्रममा समितिका उपाध्यक्ष उर्गेन तामाङले समितिको स्थापनाकालदेखि आजसम्म समितिले गरेका प्रमुख विषयहरुबारे जानकारी गराए भने मुख्य अतिथि जयश्री छेत्री अनि समितिका अध्यक्ष एंव पञ्चायत सभापति प्रताप सिंह राईले पनि आ-आफ्नो सम्बोधनमा दिव्य ज्योति समितिको स्थापना कसरी भयो र यस समितिको विकास निरन्तर भइरहेको विषयमा अवगत गराए। महासचिव मुन्ना राईद्वारा सञ्चालित तथा राजेश लामाद्वारा स्वागत जनाइएको यस कार्यक्रममा उच्च शिक्षा हासिल गरिरहेकी लोवर बरदाङ गाउँ निवासी सुश्री प्रेरणा भूसाल, बक्सिङ कोच श्री प्रीतम सिलाल र श्रीमती सुनिता छेत्री, राष्ट्रिय खेलकूदमा अंशग्रहण गर्ने गाउँका खेलाड़ीहरु क्रमैले गिदोन भूजेल, पेम्बा दोर्जे शेर्पा, ज्ञानशोर पाल र एरोन प्रधान, सामाजिक कार्यहरुमा सेवा पुर्याउनेहरु कृष्ण सुब्बा, मन बहादुर छेत्री, राम बहादुर छेत्री, कुमार तामाङ, रोशन लामा, धन बहादुर राई, तेजु गिरी, धर्मेन्द्र रावत, प्रकाश छेत्री, रिस्ता प्रधान र दिलीप लिम्बू अनि सांस्कृतिक क्षेत्रमा स्मृति अधिकारी गरी कूल १९ जनालाई खदा लगाएर प्रेम चिन्ह प्रदान गर्दै सम्मानित गरियो।
उक्त कार्यक्रम भव्यरुपमा मनाउने सोचेता पनि गाउँमा शोकको लहर छाएकोले छोटो र साधारण कार्यक्रम आयोजित गरेको थियो।










