गान्तोक: राज्यमा आज कोरोनाको कुनै नयाँ मामिला अघि न अएको र १ जना निको भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। राज्यमा आज यो रोगले कसैको मृत्यु भएन।
स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १०६ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेको मा, कसैमा संक्रमण पुष्टि भएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा १० जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्। आज कोरोना सकारात्मकता दर ०.० प्रतिशत दर्ता भएको छ।
अहिलेसम्म राज्यमा ३७,९७५ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१८९ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।









