नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आमालाई १००औं जन्मदिनमा भेटेका छन्। प्रधानमन्त्रीले उनको खुट्टा धोएर मिठाई खुवाए। आमासँग आशिर्वाद पनि लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले आमालाई जन्मदिनमा विशेष उपहार दिएका छन्। प्रधानमन्त्रीले आमाको १००औं जन्मदिनमा भावपूर्ण ब्लग लेखेका छन्। यस ब्लकमा प्रधानमन्त्रीले आमासँग सम्बन्धित बाल्यकालका सम्झना, उनको सिकाइ, उनको मायाका अनगिन्ती कथाहरु सेयर गरेका छन्। प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘आमा, हाम्रो शरीरले मात्र होइन हाम्रो मन, हाम्रो व्यक्तित्व, हाम्रो आत्मविश्वास पनि बनाउँछ। र, आफ्ना सन्तानको लागि यो गर्दै गर्दा, उनी आफैंलाई खर्च गर्छिन्, आफूलाई बिर्सन्छिन्l’











