सिलगढी: उत्तरपूर्व सिमान्त रेलवेले आज धेरैवटा ट्रेन परिसेवा रद्द गरिदिएको छ। अग्निपथको प्रतिवादमा देशभरिमै विक्षोभ साथै असममा बाढको स्थिति उत्पन्न भएकोले यसले गर्दा धेरैजना यात्रीहरू समस्यामा परेका छन्। रेल कर्तृपक्ष सूत्रले दिएको जानकारीअनुसार बिहारमा अग्निपथको प्रतिवादमा आन्दोलन र असममा बाढको परिस्थिति उत्पन्न भएकोले उत्तरपूर्व सिमान्त रेलवेको लामडिङदेखि रङ्गिया-डिभिजनको रेल लाइन क्षतिग्रस्त भएकोले असमको केही प्यासेन्जर ट्रेनहरू रद्द गरिएको छ। यसको साथै १५९०९ डिब्रुगढदेखि लालगढ एक्सप्रेस, १२५२३ न्यु जलपाईगढीदेखि न्यु दिल्ली एक्सप्रेस, १२०६८ झोडहाट टाउन-गुवाहाटी शताब्दी एक्सप्रेस, कटिहार- समस्तीपुर ट्रेन लगायत अन्य केही ट्रेनहरू रद्द गरिएको छ। अर्कोतिर, ट्रेन रद्द गरेपछि टाढा-टाढाबाट आएका धेरैजना यात्रुहरू समस्यामा परेका छन्। आन्दोलनकारीहरूको यस प्रकारको विक्षोभको यात्रीहरूले विरोध जनाएका छन्।











