ईंग्ल्याण्डको ४९८ रन, रनको साथमा रेकर्डको वर्षा

IMG-20220618-WA0072.jpg

१८ जूनः लुब्धो नीदरल्याण्ड्स विरुद्ध असमान लड़ाइँमा शुक्रवार ईंग्ल्याण्डले २३२ रनले सजिलै जीत हासिल गऱ्यो। एम्सटलविनको भीआरए मैदानमा खेलिएको म्याचमा ईंग्ल्याण्डका ब्याटरहरूले डच बलरहरूलाई पानीखेदो गरेर रनको वर्षा गर्दै एकाधिक रेकर्ड बनाए, जसमा सर्वाधिक स्कोरको विश्व रेकर्ड पनि सामेल छ। ईंग्ल्याण्डले म्याचमा पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रनको विशाल स्कोर बनायो। पुरुषहरूका वनडे (अन्तर्राष्ट्रिय) म्याचमा यो कुनै पनि टीमको सर्वाधिक स्कोर हो। यस मामिलामा ईंग्ल्याण्डले आफ्नै विश्व रेकर्ड तोड़्यो। ईंग्ल्याण्डले यसअघि १९ जून २०१८-मा अष्ट्रेलिया विरुद्ध ६ विकेट गुमाएर ४८१ रन बनाएको थियो। नीदरल्याण्ड्स विरुद्ध ईंग्ल्याण्डको टीम केवल २ रनले गर्दा ५०० रनको आँकड़ा छुनदेखि वञ्चित भयो।

म्याचमा ईंग्ल्याण्डबाट फिल सल्ट (१२२), डाविड मलान (१२५) र जोस बटलर (१६२)-ले शतकीय ईनिंग्स खेले। वनडे क्रिकेटमा यो केवल तेस्रोपल्ट हो, जब एउटा ईनिंग्समा कुनै टीमका तीनजना ब्याटरले शतक बनाए। यसअघि दक्षिण अफ्रिकाको तर्फबाट २०१५-मा वेष्ट इण्डिज विरुद्ध अनि भारत विरुद्ध एक ईनिंग्समा तीन-तीनवटा शतक बनाइएको थियो। म्याचमा बटलरले केवल ४७ बलमा शतक पूरा गरे। वनडे क्रिकेटमा यसभन्दा तेज शतक केवल सातजना ब्याटरले आठपल्ट बनाएका छन्। बटलर स्वयंले पनि यसअघि ४६ बल (बनाम पाकिस्तान, २०१५)-मा शतक बनाएका थिए। वनडे क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने विश्व रेकर्ड दक्षिण अफ्रिकाका एबी डीभिलियर्सको नाममा रहेको छ। डीभिलियर्सले २०१५-मा वेष्ट इण्डिज विरुद्ध केवल ३१ बलमा शतक पूरा गरेका थिए।

म्याचमा बटलरले आफ्नो ईनिंग्समा ७० बल खेलेर १४ वटा छक्का र ७ वटा चौका लगाए। वनडे क्रिकेटमा एउटा ईनिंग्समा सर्वाधिक १७ वटा छक्का लगाउने रेकर्ड ईंग्ल्याण्डका कप्तान इयोन मोर्गनको नाममा रहेको छ। उनले २०१९-मा अफगानिस्तान विरुद्ध यस्तो चमत्कार गरेका थिए। वनडे क्रिकेटको इतिहासमा अहिलेसम्म ९ पल्ट कुनै ब्याटरले एउटा ईनिंग्समा १४ या त्यसभन्दा अधिक छक्का लगाइसकेका छन्। यसबाहेक ईंग्ल्याण्डका ब्याटरहरूले ५० ओभरमा जम्मा २६ वटा छक्का लगाए, जुन एउटा रेकर्ड हो। यसबाहेक म्याचमा ईंग्ल्याण्डले ३०० रन त केवल बाउण्ड्रीबाट हासिल गऱ्यो। ईंग्ल्याण्डका ब्याटरहरूका पिटाईको सम्मुखीन भएर नीदरल्याण्ड्सका चारजना बलरले ८० या त्यसभन्दा अधिक रन खर्च गरे। सबैभन्दा धेर पिटाई फिलिप बोइसेविनको भयो, जसले १० ओभरमा १०८ रन खर्च गरे। उनले कुनै विकेट पनि हासिल गर्न सकेनन्। वनडे क्रिकेटको इतिहासमा यसभन्दा अधिक रन केवल तीनजना बलरले दिएका छन्। अष्ट्रेलियाका माइकल लेविसले २००६-मा दक्षिण अफ्रिका विरुद्ध १० ओभरमा ११३ रन खर्च गरेका थिए। पाकिस्तानका वहाब रियाजले २०१६-मा ईंग्ल्याण्ड विरुद्ध १० ओभरमा ११० रन दिएका थिए भने अफगानिस्तानका राशिद खानले २०१९-मा ईंग्ल्याण्ड विरुद्ध नै ९ ओभरमा ११० रन खर्च गरेका थिए।
ईंग्ल्याण्डबाट लियन लिविंगस्टोनले पनि विध्वंशी मिजासमा ब्याटिंग गे। उनले केवल २२ बलमा ६ वटा चौका र ६ वटा छक्काको सहायताले अविजित ६६ रन बनाए। यस अवधि उनको स्ट्राईक रेट ३००-को रह्यो। लिविंगस्टोनले केवल १७ बलमा अर्द्धशतक पूरा गरे। यो ईंग्ल्याण्डको तर्फबाट यस प्रारूपमा सबैभन्दा तेज अर्द्धशतक हो। यसअघि यो रेकर्ड इयोन मोर्गन (२१ बल)-को नाममा रहेको थियो। म्याचमा ईंग्ल्याण्डले दिएको ४९९ रनको लगभग असम्भव लक्ष्यलाई खेदो गर्दै नीदरल्याण्ड्सको टीम ४९.४ ओभरमा २६६ रन बनाएर अलआउट भयो।

About Author

Advertisement