१८ जूनः दक्षिण अफ्रिका विरुद्ध चौथो टी२० अन्तर्राष्ट्रिय म्याचमा भारतले ८२ रनले जीत हासिल गऱ्यो। यसको साथै दुई टीमबीच पाँचवटा म्याचको सीरीज २-२-को बराबरीमा पुग्यो। सीरीजको पाँचौं तथा निर्णायक म्याच आइतवार खेलिनेछ। शुक्रवार राति खेलिएको म्याचमा दिनेश कार्तिकले असाधारण ब्याटिंग गर्दै २७ बलमा ५५ रनको ईनिंग्स खेले। यस प्रारूपमा पदार्पणपछि यो उनको पहिलो अन्तर्राष्ट्रिय शतक थियो। यसको साथै कार्तिकले यस साल अष्ट्रेलियामा हुने टी२० विश्व कपको निम्ति भारतीय टीममा आफ्नो दावेदारी दह्रिलो बनाए। कार्तिकको यस प्रदर्शनले टीमको कप्तानी गरिरहेका रिषभ पन्तमाथि चाहिँ निश्चित रूपले दबाउ सृष्टि हुनेछ। पन्तले लामो समयदेखि ब्याटको साथ उल्लेखनीय योगदान दिन सकेका छैनन् अनि शुक्रवार पनि केवल १७ रन बनाएर आउट भए। यस्तो स्थितिमा पन्तले खराब प्रदर्शन गर्न जारी राखे टी२० विश्व कपमा हातमा ग्लभ्स लगाएर विकेटपछि कार्तिकलाई देख्न सकिने सम्भावना पनि रहेको छ।

म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने भारतीय टीमको शुरुवात खराब रह्यो अनि पावरप्ले भित्रै ४० रनमा २ विकेटको पतन भइसकेको थियो। भारतले पहिलो १० ओभरमा ३ विकेट गुमाएर केवल ५६ रन बनाएको थियो। यस्तो प्रतिकूल परिस्थितिमा दुई फीनिशरले असाधारण ब्याटिंग गरे। पहिलो १० ओभरपछि कार्तिक र हार्दिक पाण्ड्या (३१ बलमा ४६ रन)-ले मोर्चा सम्हाले। यी दुईको प्रयासले गर्दा नै भारतले २० ओभरमा ६ विकेट गुमाएर १६९ रनको चुनौतीपूर्ण स्कोर बनाउन सक्यो। विशेषगरी कार्तिकले अन्तिम ओभरहरूमा विध्वंशी मिजासमा ब्याटिंग गरे। यसैकारण भारतले अन्तिम ३ ओभरमा क्रमशः १६, १३ र १६ रन बनायो। कार्तिकले २००-को स्ट्राईक रेटले २६ बलमा आफ्नो अर्द्धशतक पूरा गरे। उनको हार्दिकसँग मिलेर ६५ रनको तेज साझेदारी गरे। कार्तिकले आफ्नो अर्द्धशतकीय ईनिंग्समा ९ वटा चौका र २ वटा छक्का लगाए। यसरी नै हार्दिकले ३ वटा चौका र ३ वटा छक्का लगाए। म्याचमा दिनेश कार्तिकले एउटा खास रेकर्ड पनि बनाए। उनी भारतको तर्फबाट टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्द्धशतक बनाउने सबैभन्दा अधिक उमेरका खेलाड़ी बने। चाखलाग्दो कुरा के छ भने कार्तिकले भारतको पहिलो टी२० अन्तर्राष्ट्रिय म्याच पनि खेलेका थिए। त्यसो म्याच १ दिसम्बर, २००६-को दिन जोहानिसबर्गमा दक्षिण अफ्रिका विरुद्ध खेलिएको थियो। त्यस म्याचमा कार्तिकले २८ बलमा अविजित ३१ रन बनाएर प्लेयर अव् द म्याचको पुरस्कार पनि जितेका थिए। यसबाहेक म्याचको कुरा गर्दा दक्षिण अफ्रिकी टीम १७० रनको लक्ष्यलाई खेदो गर्दै १६.५ ओभरमा केवल ८७ रन बनाएर आउट भयो। रास्सी भ्यान डर डुसेनले सर्वाधिक २० रन बनाए। भारतीय बलरहरूमा आवेश खानले सर्वाधिक ४ विकेट हासिल गरे।










