कालचिनी। रातभरिको मुसलधारे पानीले डुवर्सको धेरै गाउँघरहरूमा बाढ़जन्य परिस्थितिको सृजना भइरहेको छ भने नदीनालाको पानी प्लावित भएर जतासुकै क्षति पुगेको दृश्यहरू परिलक्षित भएको छ। यसबीच राधारानी चियाबाट पाना बस्ती जाने पीएमजीएसवाई सड़कलाई पानीले क्षति पुगेको गाउँलेहरूले जनाएका छन्।

पानीले अलकत्रे सड़क पनि उप्काएको र सड़क खोलामा परिणत बनेको गाउँलेहरूले जनाएका छन्। रातभरिको मुसलधारे पानीले पाना बस्ती एसएसबी क्याम्प नजीक रहेको मनु तामाङको घरमा पानी पस्नाले उक्त परिवारको बिजोग अवस्था बनेको गाउँलेहरूले बताएका छन् भने राहतको निम्ति न त ग्राम पञ्चायत न नै कालचिनी ब्लक प्रशासन कसैले कुनै हेरबिचार गर्न नआएको गुनासो यता पनि उठ्न थालेका छन्।








