सोनादाका प्राध्यापक समीप सेञ्चुरीलाई राज्य स्तरीय वेस्ट बेंगाल स्टेट अवार्ड २०२१-२२ प्राप्त

IMG-20230428-WA0243.jpg

सोनादा: सोनादाको डीपी रोड निवासी एवं सलेसियन कलेज सोनादाको प्राध्यापक साथै एनएसएस कार्यक्रम अफिसर डा. समीप सेञ्चुरीलाई वेस्ट बेंगाल स्टेट अवार्ड २०२१-२२ प्राप्त भएको छ। पश्चिम बंगाल राज्यको उच्च शिक्षा विभाग अन्तर्गत एनएसएस सेल अनि रामकृष्ण मिशन विद्या मन्दिरा, बेलुरमाता हावडाको आयोजनामा सम्पन्न एक कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको छ। उक्त कार्यक्रममा पश्चिम बंगाल राज्यको पब्लिक इन्सकक्टर डायरेक्टर डा. जयश्री रोय, राज्य एनएसएस अफिसर डा रामाप्रसाद भट्टचार्य, पश्चिम बंगालको रिजनल डायरेक्टर एनएसएस विनय कुमार आदिको उपस्थितिमा समिप सेञ्चुरीलाई बेस्ट एनएसएस कार्यक्रम अफिसरको अवार्ड प्रदान गरिएको छ। समिप सेञ्चुरी सोनादाको डीबी रोड निवासी सुदन सेञ्चुरीको छोरा समीप सेञ्चुरीलाई उक्त अवार्ड प्रदान गरिएको छ। उल्लेखनीय छ समीप सेञ्चुरीले गत गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीको परेडमा पश्चिम बंगाल राज्यको नेतृत्व गरेका थिए। त्यसरी नै सोनादाको सलेसियन कलेजको प्राचार्य फादर जर्ज थडाथुललाई बेस्ट एनएसएस युनिटको अवार्ड प्राप्त गरेका छन्। यस अवसरमा प्राध्यापक समीप सेञ्चुरीले पत्रकारहरूसित कुराकानी गर्दै रामकृष्ण मशीन बेलुर मठमा राज्य स्तरीय अवार्ड वेस्ट बेंगाल स्टेट अवार्ड २०२१-२२ प्राप्त गरेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement