मिरिकमा मेघा हेल्थ चेक अप क्याम्प हुँदै   

photocollage_202342819344997.jpg

मिरिक: आइ लभ मिरिक, गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन, मुखर्जी हस्पिटल सिलगढी, रोटेरी ब्लड ब्यांक सिलगढी, ग्रेटर लायन्स हस्पिटल सिलगढीको संयुक्त आयोजनामा ३० अप्रेल आइतबारको दिन कृष्ण नगर क्लब मिरिकमा मेघा हेल्थ चेक अप क्याम्प हुनेभएको छl यस क्याम्पमा ब्लड डोनेसन, आँखा जाँच, फिजिसियन, डेन्टल चेक अप अनि नि:शुल्क  ब्लड ग्रुपिङ र ब्लड सुगर टेस्ट गरिनेछ।

सिलगढीमा ब्लडको समस्या भएको कारणले आई लभ मिरिकले यो पहल शुरु गरेको छ ।  यस  भन्दा अघि पनि आई लभ मिरिकले ब्लड डोनेसन क्याम्प आयोजना गरेको थियो भने आशिष तामाङको अगुवाइमा मिरिकका धेरै बिरामीहरुलाई सिलगढीमा  ब्लडको व्यवस्था सँगै डाक्टर देखाइ दिने काम  निरन्तर रूपमा भइरहेको छ। मिरिक वरिपरिका सर्वसाधारणलाई उक्त क्याम्पको लाभ उठाइ दिने आग्रह गोर्खा च्यारिटेबल हस्पिटलका महासचिव तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानले गरेका छन्l यस मेघा हेल्थ चेक अप क्याम्पमा रक्त दान गरिदिने आग्रह उनले गरेका छन्।  ‘संघ-संस्थालाई यसरी नै रक्त दाङ सँगै अन्य क्याम्प आयोजना गरिदिने हामी आग्रह गर्दछौं र यस बारेमा जानकारी चाहिए हामी सँग सम्पर्क गर्ने आग्रह गर्दछौं’, उनले यसो भनेका छन्l  

About Author

Advertisement