सेरि एःनापोलीको साथमा दुवै मिलानको जीत

IMG-20230424-WA0156.jpg

२४ अप्रेलः इटालियन सेरि ए फूटबलमा दुवै मिलानको साथमा नापोलीले जीत हासिल गऱ्यो। यस अवधि युभेण्टसले चाहिँ हारको ह्याट्रिक पूरा गऱ्यो। आइतवार राति खेलिएको म्याचमा नापोलीले युभेण्टसलाई १-०-ले पराजित गऱ्यो। गत केही म्याचमा सर्वश्रेष्ठ फर्ममा नदेखिने नापोलीले युभेण्टसको होम ग्राउण्ड आलियाञ्ज एरेनामा ६६ प्रतिशत पोजेशनको साथ खेले पनि जीत हासिल गर्न निक्कै मेहनत गर्नु पऱ्यो। नापोलीलाई म्याचको एकमात्र गोल गियाकोमो रासपाडोरीले स्टपेज टाइमको तेस्रो मिनटमा दिलाए। यस जीतपछि सेरि ए टेबलको शीर्ष स्थानमा कायम नापोलीको ३१ वटा म्याचमा ७८ पोइण्ट पुग्यो। यसरी हारको ह्याट्रिक गर्ने युभेण्टस चाहिँ ५९ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। यसरी एसी मिलानले लीस विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। होम ग्राउण्ड सान सिरोमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानबाट दुवै गोल राफाएल लिओले छिराए। उनले ४०औं र ७४औं मिनटमा गोल गरे। एसी मिलान अहिले ३१ वटा म्याचमा ५६ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। इण्टर मिलानले पनि एम्पोली विरुद्ध ३-०-ले सजिलै जीत हासिल गऱ्यो। एम्पोलीको होम ग्राउण्डमा खेलिएको म्याचमा इण्टरबाट रोमेलु लुकाकुले ४८औं र ७६औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल लौटारो मार्टिनेजले ८८औं मिनटमा गरे। अहिले छैटौं स्थानमा रहने इण्टर मिलानसँग ५४ पोइण्ट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement