दार्जिलिङका छोरी सम्वर्द्ना मुखिया बनिन् “जुनियर मिस ईन्डिया”

IMG-20230424-WA0150.jpg

दार्जिलिङ: सिटोङ २ निवासी पिता समीर मुखिया अनि मङपु निवासी माता निरिता मुखियाको छोरी सम्वर्द्ना मुखियाले जुनियर मिस ईन्डियाको ताज जीत्न सफल भएकी छिन्। नेपाली गोर्खा जातिको ठेट संस्कृति भेषभुशा चौबन्दी अनि फरिया लगाएर सुन्दरी प्रतियोगिता प्रदर्शनी गर्दै मुम्बईमा आयोजित एक प्रतियोगितामा उनी बिजय बनिन्।
२३ अप्रेलको दिन मुम्बईमा आयोजित जुनियर सुन्दरी प्रतियोगितामा १०० जना देशभरिका प्रतियोगीहरुलाई उछिन्दै सम्वर्द्ना मुखियाले जुनियर मिस ईन्डियाको ताज हत्याउन सफल भएकी छिन् ।सम्वर्दना मुखियाले सम्पूर्ण गोर्खा जातिको नाम नै रोशन बनाउन सक्षम बनेकी छिन्।

About Author

Advertisement