ला लीगाःच्याम्पियन बन्ने सम्भावनालाई मबजूत बनायो बार्सिलोनाले

IMG-20230424-WA0149.jpg

२४ अप्रेलः स्पेनिश ला लीगामा बार्सिलोनाले लगातार दुईवटा ड्र पछि रोमाञ्चक जीतको साथ च्याम्पियन बन्ने सम्भावनालाई मबजूत बनायो। दुई हेभिवेट टीमबीच आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १-०-ले पराजित गऱ्यो। होम ग्राउण्ड क्याम्प नोउमा ६३ प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले एट्लेटिको म्याड्रिडबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। होम टीमलाई म्याचको एकमात्र गोल फेरान टोरेसले ४४औं मिनटमा दिलाए। म्याचको रहल समयमा एट्लेटिकोले लगातार प्रयास गरे पनि पराजयलाई टार्न सकेन। यस जीतपछि ला लीगा टेबलको शीर्ष स्थानमा रहने बार्सिलोनाको ३० वटा म्याचा ७६ पोइण्ट पुग्यो। बार्सिलोनासँग अहिले दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा ११ पोइण्ट अधिक रहेको छ। यसरी नै एट्लेटिको म्याड्रिड ६० पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा सेविलेले भिल्लारियललाई २-१-ले, भेलेन्सियाले एल्चेलाई २-०-ले अनि मालोर्काले गेटाफेलाई ३-१-ले पराजित गऱ्यो।

About Author

Advertisement