सामसिङ जन कल्याण संघको १२ौ वार्षिक सभा समपन्न

IMG-20230424-WA0102.jpg

गोरुबथान (महेश्वर प्रधान): सामसिङ जन कल्याण संघको १२ौ स्थापना दिवस सामसिङ देउसी भवनमा समपन्न भयो।यस कार्यक्रमको सभाध्यक्षता कुमार विश्वले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि सुजन लामा थिए भने विशिष्ठ अतिथिहरुमा क्रमैले किशोर थापा, कमल गिरी, दीपक अधिकारी, सुजन लामा सुवास सार्की, शान्ति मनाकी मुण्डा रहेका थिए। विगत ११ वर्षदेखि सामसिङ जन कल्याण संघले निस्वार्थ रुपमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ। सेवा नै परमो धर्म भन्ने उक्तिलाई चरितार्थ पार्दै यस संघले धेरै सामाजिक कार्यहरु गरिरहेको छ। १२ौ वार्षिक सभाको कार्यक्रमलाई सि के सार्कीले सन्चालन गरेका थिए। प्रथमतमा अतिथीगणको बाहुलीबाट द्वीप प्रज्वलन गरियो।संघका सदस्य अशोक बराइलीले स्वागत भाषण राखेका थिए।सानी नानी नायुङ गुमाले नेपाली नृत्य प्रस्तुत गरेर सबैलाई मुग्ध पारे।संघका संस्थापक अध्यक्ष संजयराज विश्वले संघले के कस्ता सामाजिक कार्यहरु गरे सो बारे सम्पुर्णमा जानकारी गराए।गाउँसमाज तथा वरपरका शुभचिन्तकहरुको सहयोगले यो संघ सन्चालन भइरहेको उनले आफ्नो सम्भाषणमा बताए।अतिथीको आसनबाट कमल गिरीले आफ्नो सभाषणमा संघको प्रशंसा गरे।दीपक अधिकारीले पनि सम्भाषणमा सङघप्रति आभार व्यक्त गरेका छन्। संघको तर्फबाट गोरुबथान क्षेत्रका पत्रकार महेश्वर प्रधानलाई निस्वार्थ तथा निस्पक्ष पत्रकारिताको लागि मुख्य अतिथी सुजन लामाको बाहुलीबाट खदा लगाई सम्बर्द्धना पत्र प्रदान गरियो। अतिथीको आसनबाट किशोर थापाले पनि वक्तव्य दिए।संघलाई सुचारु रुपमा सन्चालन हेतु आर्थिक रुपमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई पनि संघको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो।दिवसीय सभापतिले अन्तमा आफ्नो विचार पेश गरी सभा बर्खास्त गरे।

About Author

Advertisement