पानीको चरम संकट चाॅंडोभन्दा चाॅंडो समाधान गर्ने आश्वासन

n49273040016821785103438477fbeb058a056cc0fa912ea7ae7f00d049039e9bd8a31eb6e38421b3b29330.jpg

गान्तोक: राज्य जन स्वास्थ्य अभियान्त्रिकी विभाग मन्त्री भीमहाङ लिम्बूले राजधानी तथा वरिपरी पानीको चरम संकट झेलिरहेका मानिसहरूलाई चाॅंडोभन्दा चाॅंडो समस्याको समाधान गर्ने आश्वासन दिएका छन्।

मन्त्री लिम्बूले गत २० अप्रेलका दिन आएको भारी वर्षा र असिनाले गान्तोकमा पानी आपूर्ति गर्ने पाइपलाई क्षति पुर्याएको हुॅंदा यस्तो समस्या भएको जानकारी गराएका छन्। उनले पीएचई विभागका अभियन्ताहरू र कर्मचारीहरू पाइपलाइन मरम्मत गर्न अथक परिश्रम गरिरहेको बताएका छन्।

यस बीच विभागले ट्याङ्करको माध्यमद्वारा सफा पिउने पानी मानिसहरूसम्म पुर्याउने काम गरिरहेको मन्त्रीले जानकारी गराएका छन्। उनले यो चुनौतीपूर्ण समय रहेको बताउॅंदै चाॅंडोभन्दा चाॅंडो समस्याको समाधान गर्न लागिपरेको बताएका छन्। उनले मानिसहरूको धैर्यको सराहना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement