ठाकुरबाडी मन्दिरमा क्यान्सर रोग सम्वन्धि सचेतना कार्यक्रम आयोजित

IMG-20230422-WA0302.jpg

गान्तोक: लायन्स क्लब अफ गान्तोक, ग्रीनहिल्स लायन्स क्लब अफ गान्तोक र सिक्किम महेश्वरी महिला संगठनसँगको सहकार्यमा आज राजधानीस्थित ठाकुरबारी मन्दिर परिसरमा स्तन क्यान्सर, र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङबारे सचेतना शिविर आयोजना गरियो। डा. गगन रुचाल राज्य परियोजना संयोजक सह परामर्शदाता र हर्कीमाया तामाङ, कार्यक्रम संयोजक भारतीय चिकित्सा अनुसन्धान परिषद, स्वास्थ्य तथा परिवार कल्याण विभाग, सिक्किम सरकारले समाजमा सामान्य जागरूकताको लागि क्यान्सर रोगमाथि सचेत गराए। अर्पण शर्मा कन्सल्टेन्टले पाठेघरको क्यान्सर स्क्रिनिङका लागि करिब २० वटा नमूना सङ्कलन गर्न सफल भएको बताएका छन्। यसरी नै सीटी टोनीऑटले वातावरण बचाउ योजना अन्तर्गत माटो बचाउ अभियान मार्फत जनतालाई सचेत गराउनु पर्ने आग्रह गरिन। कार्यक्रममा संस्थाका कूल ३५ सदस्यहरूले सभागिता जनाएका थिए।

About Author

Advertisement