राज्यपाल र मुख्यमन्त्रीद्वारा ईद पर्वको शुभकामना

photocollage_2023422212517815.jpg

गान्तोक: मुस्लिम समुदायको महान पर्व ईदको अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। यस पर्वले आनन्द, एकता साथै कृतज्ञता प्रकट गर्न सिकाउनको साथै हामी सबै एकै परिवार, समुदाय हौ भन्ने कुराको विश्वास दिलाउने गरेको राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। यो पर्वले राज्यबासीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने राज्यपालले कामना गरेका छन्। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले मुस्लिम समुदायको पवित्र पर्व ईद-उल-फितरको अवसरमा मुस्लिम समुदायसँगै सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

आफ्नो शुभकामना सन्देशमार्फत मुख्यमन्त्री तामाङले रमजानको पर्वले भाइचारा, करुणा, प्रेम, दान अनि शान्तिको भवना दर्शाउने बताएका छन्। पवित्र महीनाको माध्यमद्वारा उत्पन्न उदारता, अनुशासन अनि पवित्रताको भावना जीवनभरि मानिसहरूद्वारा दिन-प्रतिदिन बढ़ाएर लैजावोस् भन्ने मुख्यमन्त्री तामाङले थप कामना गरेका छन्।

यस पर्वको अवसरमा मुख्यमन्त्री तामाङले साम्प्रदायिक सद्भाव, भाइचारा अनि राज्यको मानवीय मूल्यको रक्षाहेतू प्रार्थना गरेका छन्। यस पर्वले राज्यवासीको जीवनमा सुख, शान्ति अनि समृद्धि लिएर आवोस् भन्ने मुख्यमन्त्रीले कामना गरेका छन्। उनले समाजको हितमा काम गर्न र मानवताको सेवामा आफूलाई समर्पित गर्न आह्वान गर्दै यो पर्वले दीर्घकालिन सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने विचार पोख्दै सिक्किमको गौरवशाली बहुलवादी परम्पराको विशेषता साम्प्रदायिक सद्भाव, भ्रातृत्वको बन्धनलाई मजबुत बनाओस् भन्ने कामना पनि गरेका छन्।

About Author

Advertisement