गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले बाबासाहब डा. भीमराव अम्बेडकरको १२३औं जयन्तीमा राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘भारतको संविधान हाम्रो निम्ति बाबासाहबको सबैभन्दा प्रतिष्ठित योगदान हो। एक अर्थशास्त्री र समाज सुधारक, बाबासाहब विभिन्न क्षेत्रहरूमा परिवर्तनकर्ता थिए। उनले आफ्नो सारा जीवन वंचितहरूको जीवन उत्थानको निम्ति समर्पित गरे। सामाजिक-आर्थिक विकासको निम्ति उनका अनुकरणीय प्रयास हरूले हामी सबैलाई प्रेरित गरिरहने छन्।’
उनले अझ भनेका छन्, ‘उनका जीवन र प्रयासहरूको सम्मानमा हाम्रो सरकारले सोरेङ जिल्लाको गेलिङ उच्चतर माध्यमिक विद्यालयको नाम डा. बीआर अम्बेडकर उच्चतर माध्यमिक विद्यालय राखेको छ।’ मुख्यमन्त्रीले संविधानमा निहित मूल्यहरूको पालन गर्न हामी सदैव आफ्नो संकल्पमा दृढ़ताका साथ खड़ा रहौं र हामीलाई संविधान उपहार दिने महान व्यक्तिको विरासतको खुशी मनाइरहौं भनी बताएका छन्।