मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए वैशाखीको बधाई एवं शुभकामना

IMG-20230306-WA0295.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूलाई वैशाखीको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा वैशाखी विक्रम संवत पात्रोमा नयॉं वर्ष शुरूवातको प्रतीक रहेको बताएका छन्। साथै वैशाखी फसल कटाई गर्ने मौसमको पनि प्रतीक रहेको उनले बताएका छन्, जहॉं किसानहरूले आफ्नो परिश्रमको फल प्राप्त गर्छन्।

यो वैशाखीले सबैलाई भावी संकटहरूको सामना गर्न अनि सबैका सपना र आकांक्षाहरू पूरा गर्न शक्ति प्रदान गरुन् भनी मुख्यमन्त्रीले कामना गरेका छन्। उनले यस विशेष दिनमा सिक्किमको दीगो शान्ति र सद्भावको निम्ति पनि प्रार्थना गरेका छन्।

About Author

Advertisement