सिङताममा खादी एवं ग्राम उद्योगको नयॉं सेल्स इम्पोरियम उद्घाटन

Untitled-1-copy-55

गान्तोकः सिक्किम खादी एवं ग्राम उद्योग बोर्डको सिङताममा नयॉं ठाउॅंमा स्थानान्तरित सेल्स इम्पोरियमको उद्घाटन आज बोर्डकी चेयरपर्सन छुङछुङ भोटियाको बाहुलीद्वारा गरियो। नयॉं सेल्स इम्पोरियम राष्ट्रिय राजमार्ग १० अन्तर्गत पीपल डॉंड़ामा ठूलो ठाउॅंमा स्थानान्तरित गरिएको छ।

यसलाई आधुनिक र ट्रेण्डी शोरूमको रूपमा डिजाइन गरिएको छ। यहॉं सिक्किमसहित देशभरिका खादी एवं ग्राम उद्योग उत्पादहरू बिक्री एवं प्रदर्शनीमा राखिएका छन्। सबै उत्पादहरू छुट दरमा बिक्रीमा राखिएको बताइएको छ।

About Author

Advertisement