सबै राजनीतिक नेताहरूले एक दिनको लागि राजनीति भुलेर सबै एकै मञ्चमा आएर गोर्खाहरूको नयाँ वर्ष मनाउनुपर्छ: अनित थापा

IMG-20230413-WA0352.jpg

खरसाङ: जीटीए चिफ् अनित थापाले खरसाङमा क्लर्क टावरको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाहरूको नयाँ वर्षको एक दिन सबै राजनीतिक नेताहरूले राजनीति भुलेर सबै एकै मञ्चमा आएर मनाउने अनुरोध गरेका छन्। उनले हामी जातिको नाममा राजनीति गर्छौं। जातिको नाममा भोट माग्छौं अनि भोट आउँदा मात्र जाति सम्झन्छौं तर गोर्खाहरूको नयाँ वर्ष पालन गर्न सबै एक भएर पालन गरौं भनी बताएका छन्। अनित थापाले आफ्नो सम्बोधनमा भने, खरसाङले विगत पाँच वर्षमा पर्यटकीय क्षेत्रमा धेरै उन्नति गरेको छ। हामीले हनुमानको मूर्ति बनायौं अनि पर्यटकहरू भीड़क साथमा आउने गर्छन् र अहिले क्लर्क टावर बनायौं अनि हामीले टोयलेटमा पनि क्लर्क टावर बनायौं। ट्राफिक बुथमा मैला हटाएर वरिष्ठ नागरिकहरूका लागि विश्राम गृह बनाएका छौं। टाउन सार्वजनिक भवन नजिक देखिने मैलाहरू हटाएर त्यहाँ पनि केही राम्रो काम गर्नुपर्छ र यसको लागि नगरपालिकाले प्लान बनाएर छिट्टो एक्शन लिएको राम्रो हुन्छ। हामीले खरसाङलाई माया गर्नुपर्छ अनि खरसाङको माया गर्ने काम खरसाङको नागरिकहरूको हो। मैलाहरू घर घरबाट उठाउने सके राम्रो हुन्छ।
उनले अघि भने, ‘हाम्रो मिशन जीटीए होइन। हामी जीटीएको लागि निस्केको होइन तर सोच परिवर्तन गर्न निस्केका हौं। विचार परिविर्तन गर्न निस्केका हौं अनि हामीले सानो समूह लिएर खरसाङबाट नै यात्रा शुरु गरेका हौं।’

About Author

Advertisement