हावड़ा: बुधवार मेट्रो सफलतापूर्वक गंगामुनिबाट कुद्न सफल बन्यो। केवल आधा घण्टामा मेट्रोको एक रेक महाकरणदेखि हावड़ा मैदान पुग्यो। कोलकाता मेट्रो अथोरिटी बुधवार दिउँसो लगभग १२ बजी एतिहासिक क्षणको साक्षी बने।धेरै बाधाहरूलाई नाघेपछि रेक हावड़ा मैदानमा सफलतापूर्वक पुग्यो। यसपछि ट्रायल रन शुरू हुनेछ। बहुबजारमा भएको समस्यापछि कामको गति थोरै सुस्त भएको थियो। यसबीच बिहान लगभग ११.३० बजी एस्प्लेनेडदेखि महाकरणतिर मेट्रोको एक यक प्रस्थान भयो। मेट्रोको रेक महाकरणदेखि बिहान लगभग ११.४० बजी निस्किनेछ। बिजुलीले चल्ने मेट्रो बिना कुनै बाधाको हावड़ा मैदान पुग्यो।