गुवाहाटी: असम प्रदेश कांग्रेस कमिटी (एपीसीसी) को अन्य पछौटे वर्ग विभागको तत्वावधानमा बुधवार समाज सुधारक ज्योतिराव फुलेको १३३ जयन्ती मनाइयो। कांग्रेसका वरिष्ठ नेता शरत बरकटकी, हिरण्य बोरा, बोलिन कुली, द्विजेन शर्मा, बालिका लाहन पेगू मेन्हदी आलम बोरा, गुना गोगोई, मीरा बोरठाकुर गोस्वामी, रमन्ना बरूवा, दीप बयान आदिले फुलेको फोटोमा पुष्पाञ्जलि अर्पित गरी उनलाई श्रद्धाञ्जलि दिए। एक अन्य बैठकमा कांग्रेस मुख्यालय राजीव भवनमा क्लर्कको पदबाट सेवानिवृत्त भएका मोतीलाल दासलाई बुधवार औपचारिक रूपमा बिधाई दिइयो। कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थितिमा मोतीलाल दासको फुलाम गामोछा, जापी, राई र नगदी रूपियाँ दिएर बिदाई दिइयो।










