ममता सरकारको प्रशासनिक विफलताले भड्क्यो हिंसा

1647856456-011.jpg

कोलकाता: पश्चिम बंगालको हावड़ा, हुगली र दालखोलामा भएको हिंसालाई लिएर राष्ट्रिय मानवाधिकार आयोगले महत्वपूर्ण रिपोर्ट सुम्पेको छ। केन्द्रिय गृह मन्त्रालयलाई सुम्पेको आफ्नो रिपोर्टमा राष्ट्रिय मानवाधिकार आयोगको टीमले भनेको छ, पश्चिम बंगालमा रामनवमीमा भएको हिंसालाई लिएर पश्चिम बंगाल प्रशासन पूर्ण रूपमा जिम्मेवारी रहेको छ। केन्द्रिय गृह मन्त्रालयलाई सुम्पिएको आफ्नो रिपोर्टमा राष्ट्रिय मानवाधिकार आयोगले भनेको छ, हावड़ाको शिवपुर अथवा हुगली जिल्लाको रिसड़ा, उत्तर दिनाजपुरको दालखोलामा हिंसाका जुन घटनाहरू भएका छन्, त्यसमा पश्चिम बंगाल प्रशासन पूर्ण रूपमा जिम्मेवार छ। मानवाधिकार आयोगले आफ्नो रिपोर्ट भनेको छ, जब शोभायात्रा निस्किरहेको थियो तब पुलिसको टीम उसको साथ थियो। यहाँसम्म कि पुलिसले जुनैपनि रूटमा परमिशन दिएको थियो, त्यही रूटमा शोभायात्रा निस्किरहेको थियो। तर जस्तै अल्पसंख्यक बहुल क्षेत्रहरूमा शोभायात्रा पुग्यो छप्पर र वरिपरिका क्षेत्रहरूरबाट ढुंगामुड़ा शुरू भयो। यहाँसम्म कि शोभायात्रामा हमलापछि आगलागी पनि शुरू भयो, जसपछि हिंसा भड्केको छ। मानवाधिकार आयोगले आफ्नो रिपोर्टमा हावड़ा, हुगली र डालकोलामा शोभायात्राको उल्लेख गरेको छ, जसमा प्रस्तावित रूटमै शोभायात्रा निकाल्दा ढुंगामुड़ा र आगलागीको उल्लेख गरिएको छ। यसमा स्पष्ट रूपमा भनिएको छ, ममता ब्यानर्जी सरकारको प्रशासनको विफलताको कारणले नै हिंसा भड्केको हो। पटना हाई कोर्टका पूर्व चीफ जस्टिस एल नरसिम्हा रेड्डी समेत अन्य पाँच सदस्यहरूको टीमले स्पष्ट भनेको छ, पश्चिम बंगालमा हावड़ा, हुगली र डालखोलामा जब रामनवमीको शोभायात्रा निस्किन्दा राज्य पुलिसले जुन रूटमा न्यालीलाई अनुमति दिएको थियो, त्यही रूटमा न्याली निस्किरहेको थियो। शोभायात्रा जस्तै अल्पसंख्यक बहुल क्षेत्रहरमा पुग्यो तब छप्परहरूबाट ढुंगामुड़ा शुरू भयो। यस बाहेक पेट्रोल बम फ्याँकियो र बमबारी गरियो, जसले गर्दा शोभायात्रामा सामेल मानिसहरू घाइते भए। मानवाधिकार आयोगले आफ्नो रिपोर्टमा यसको पनि उल्लेख गरेको छ कि मुख्यमन्त्री ममता ब्यानर्जीले एक दिनअघि स्पष्ट भनेकी थिइन् कि शोभायात्रा अल्पसंख्यक बहुल क्षेत्रहरूबाट जानु हुँदैन अन्यथा हिंसा भड्किनसक्छ र त्यही मुताबिक जस्तै अल्पसंख्यक क्षेत्रहरूबाट शोभायात्रा निस्कियो हिंसा भड्कियो अर्थात् मुख्यमन्त्री ममता ब्यानर्जीले पहिले हिंसा भड्काएकी थिइन् र जस्तै शोभायात्रा अल्पसंख्यक क्षेत्रहरूमा पुग्यो, ढुंगामुडा र आगलागी शुरू भयो। यसको निम्ति बंगाल पुलिस र प्रशासन पूर्ण रूपमा जिम्मेवार छ। मानवाधिकार आयोगले केन्द्रिय गृह मन्त्रालयलाई सुम्पेको आफ्नो रिपोर्टमा स्पष्ट गरेको छ कि पुलिस कारबाहीको साटो मूकदर्शक बनिरह्यो र धेरै ठाउँ अल्पसंख्यक समुदायको साथ ढुंगामुडा गरेको नजर आयो, जुन अतिनै आपत्तिजनक हो।उल्लेख्य, रामनवमीमा हावड़ाको शिवपुर, हुलगीको रिसड़ा र दिनाजपुरको दालखोलामा शोभायात्रामा ढुंगामुड़ा र आगलागीपछि हिंसा भड्केको थियो। यी घटनाहरूमा धेरै जना घाइते भए। पुलिसले ढुंगामुड़ा र आगलागी गर्ने अल्पसंख्यक समुदायका मानिसहरूको साटो बहुसंख्यक मानिसहरूलाई पक्राउ गरेको आरोप छ।

About Author

Advertisement