पाकिम जिल्लाका जिल्लापालले गरे स्ट्रङ रूमको निरीक्षण

Untitled-1-copy-31

गान्तोकः पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाकिम जिल्ला अन्तर्गत डिकलिङ वरिष्ठ माध्यमिक विद्यालयमा स्थापना गरिएको स्ट्रङ रूमको निरीक्षण गरे। विशेष गरेर आगामी २० अप्रेलको दिन राज्यमा सम्पन्न हुने पञ्चायत उपचुनाउको निम्ति इलेकट्रोनिक भोटिङ मशिन (इभीएम) बन्द गरिएको स्ट्रङ रूमको जायजा लिने उद्देश्यले उनले निरीक्षण गरेका हुन्।

आगामी २० अप्रेलको दिन लिङ्के वार्डमा सम्पन्न हुने पञ्चायत उपचुनाउको निम्ति ईभीएम स्ट्रङ रूममा राखिएको छ। निरीक्षणको क्रममा पाकिमका जिल्लापाल लगायत अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, महकुमा अधिकारी थेन्डुप लेप्चा लगायत अन्यहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement