गान्तोकः सहकारी आन्दोलनको शीर्ष संगठन सिक्किम सहकारी युनियनको आज ५५औं बोर्ड सभा सम्पन्न भयो। आसाम लिञ्जेस्थित सिकोनको प्रेक्षागृहमा सिक्किम सहकारी यूनियनको ५५औं बोर्ड सभा सम्पन्न भयो।
यस कार्यक्रमको अध्यक्षता सिकोनका अध्यक्ष एलपी काफ्लेले गरेका थिए भने कार्यक्रममा संस्थाका विभिन्न पदमा आसिन पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आजको यस सभामा ५४औं बोर्ड सभामा गरिएको छलफलको रिपोर्टको बारेमा विस्तृतरूपमा अवगत गराइयो। उल्लेखनीय छ, गत २३ जनवरीको दिन संस्थाको ५४औं सभा सम्पन्न भएको थियो।

आज सम्पन्न भएको बोर्डको ५५औं सभाको मुख्य एजेन्डा ५४औं सञ्चालक समितिको बैठकले गरेको कारबाहीको प्रतिवेदनको समीक्षा गर्नु रहेको थियो। यस अवसरमा राज्यका ६ वटा जिल्लाबाट संस्थाका सदस्यहरूले सहभागिता जनाएका थिए।











